काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि आफ्नो समर्थन र सहयोग स्पष्ट रूपमा व्यक्त गरेका छन्। उनले रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता देखाएका हुन्।
सचिवालयले जनाएको अनुसार, बालेन शाह हाल झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा छन्। भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वका विषयमा छलफल भएको बताइएको छ।
बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा-२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै, आवश्यक परे पूर्ण रूपमा जितका लागि साथ रहने प्रतिबद्धता जनाएका छन्। रानामगर पूर्वउपसभामुख देवराज घिमिरेसँग प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार













प्रतिक्रिया