काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा तीन दिने स्पष्टीकरण सोधेको छ।

दोलखाबाट उम्मेदवार बनेका खरेलले मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता, २०८२ विपरीत दलको झण्डा प्रयोग गरेको तथा तोकिएको संख्याभन्दा बढी व्यक्तिसहित जुलुस निकालेको उजुरी परेपछि आयोगले स्पष्टीकरण माग गरेको हो।

advertisement

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार खरेललाई पत्रमार्फत तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत आयोगमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। पत्रमा उल्लिखित कार्य सत्य भएमा किन निर्वाचन आचारसंहिता र प्रचलित कानुनअनुसार कारबाही नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको छ।

उल्लेखनीय छ, आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको देखिन्छ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com