काठमाडौं। मनाङ जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट उम्मेदवार रहेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिन निवेदन पेश गरेका हुन्।

advertisement

तोकिएको समय सीमाभित्र निवेदन दर्ता भएसँगै उनीहरूको मनोनयन खारेज भएको कार्यालयले जनाएको छ।

स्रोतका अनुसार एमालेले मनाङमा नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गर्ने रणनीतिअनुसार आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता गराएको हो।

यस घटनाक्रमले मनाङको निर्वाचन प्रतिस्पर्धा समीकरणमा परिवर्तन आएको छ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com