काठमाडौं। रुपन्देही– २ बाट राप्रपाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । शुक्रबार थापाले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

थापाले संविधानको व्यवस्थालाई स्वीकार गरेर उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।  विदेश अध्ययनको सिलसिलामा अस्थायी आवास अनुमति पत्र परित्याग गर्न ढिला भएकोले उनले उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।

advertisement

थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार मैले ठुलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु ।’

उनले आफूलाई साथ, सहयोग, हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com