काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान मधेश प्रदेशबाट सुरु गर्ने भएको छ।
पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गर्दै औपचारिक रूपमा चुनावी अभियानको थालनी गर्न लागेको हो।

advertisement

जनकपुरमा हुने उक्त सभालाई नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीले उपसभापति शर्मालाई केन्द्रीय स्तरको चुनावी प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ।

सभाको केन्द्रीय समन्वय उपसभापति शर्माले गर्ने भएका छन्। मधेश प्रदेशमा हुने तयारीका सन्दर्भमा प्रदेश प्रचार संयोजक नितेशकुमार गुप्ताले शनिबार प्रदेश समिति बैठक बस्ने जानकारी दिएका छन्।

‘चुनावी प्रचार–प्रसारको तयारीका लागि आज प्रदेश समितिको बैठक बस्दैछ,’ गुप्ताले अनलाइनखबरसँग भने, ‘माघ १६ गते जनकपुरमा हुने बृहत् सभामा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरेका छौँ।’

कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले मधेश प्रदेशलाई केन्द्रमा राखेर आफ्ना गतिविधिहरू तीव्र बनाइरहेका छन्।

यसअघि जनकपुरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी सभा आयोजना गरेको थियो। सोही सभाबाट काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रूपमा चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com