काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले संखुवासभामा रहेको रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई साथ सहयोग गरेर जिताउन आग्रह गरेका छन्।

जिल्ला भ्रमणको क्रममा शंखुवासभा पुगेका उनले संखुवासभामा पर्यटन र कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरका मान्छेलाई पनि यो क्षेत्रमा ल्याउनको लागि रास्वपाको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। .

advertisement

उनले भने, ‘म संखुवासभा पहिलो पटक आएको हो। म जसरी यहाँ आइपुगेको छु, त्यसैगरि अन्य नेपाली जनतालाई पनि यहाँ आउने बाटो खुलाई दिनु होला। यहाँको पर्यटन विकास गरेर, कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरको मान्छेले पनि यहाँ आउने मौका पाओस त्यसको लागि राम्रो उम्मेदवार हामीले यहाँको लागि छनोट गरेका छौ। सबैको साथ सहयोगमा उहाँलाई जिताउनु होला।’

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com