काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ।
आफ्ना निर्वाचन क्षेत्रका बासिन्दालाई नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिने, बिरामीलाई चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै थापाले सामाजिक सञ्जालमा ट्वीट गरेको उजुरीको आधार २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ ।
प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार
प्रतिक्रिया