काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ।

माघ ६ गते सिंहदरबारमा आयोजित एक समारोहमा भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान हस्तान्तरण गरेको हो। हाल यी गाडीहरू गृहमन्त्रालयको अगाडि राखिएका छन्।

advertisement

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहयोग अन्तर्गत भारत सरकारसँग गाडीको माग गरेको थियो। सो प्रस्तावको पहिलो चरणअनुसार भारतले ६१ वटा गाडी उपलब्ध गराएको हो।

यसै क्रममा, आगामी निर्वाचनका लागि भारत सरकारले सानो र ठूलो गरी कुल ५३८ वटा गाडी नेपाल सरकारलाई उपलब्ध गराउने योजना बनाएको बताइएको छ। यी गाडीहरू नेपाल सरकारको नाममा भएका कारण निर्वाचन सम्पन्न भएपछि आवश्यकतानुसार सरकारी कामका लागि प्रयोग गर्न सकिनेछ।

भारतले विगतदेखि नै नेपालमा निर्वाचन सुचारु र व्यवस्थित ढंगले सम्पन्न गर्न सवारी साधनसहित अन्य आवश्यक उपकरण उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com