काठमाडाैं । मुगुमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान पहिरो खस्दा बालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान करिब ४ बजे पेमा लामाको घरमा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको थियो ।
पहिरोमा पुरिएका रमेशलाई प्रहरीले उद्धार गरी बिहान ४ः४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याएको थियो । तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
पहिरोमा परी जगनाथ र सिर्जना सामान्य घाइते भएका छन् । उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । साथै, आसपासका अन्य आठ घरसमेत उच्च जोखिममा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया