काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार राजीनामा दिएकी छन्।
शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।
५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन्।
प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार
प्रतिक्रिया