रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। जिल्ला अध्यक्ष आनन्द श्रेष्ठका अनुसार एमालेबाट मन्थली नगरपालिकाको प्रमुखमा लव श्रेष्ठ र उपप्रमुखमा ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रीन र उपप्रमुखमा सिता खत्री चयन भएका छन् ।


सुनापति गाउँपालिका अध्यक्षमा ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतम, खाँडादेवि गाउँपालिका अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाइएको छ । दोरम्बा गाउँपाकिलाको अध्यक्ष पदमा भने अझै टुंगो नलागेको एमाले स्रोतले उल्लेख गरेको छ । यसअघि अध्यक्षको उम्मेदवारका लागि अघि सारिएका टंकप्रसाद चौलागाईंको बदलामा अन्य उम्मेदवार बनाउने विषयमा एमालेमा छलफल चलिरहेको छ । 

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर सुनुवार र उपाध्यक्षमा राधिका नेवार , लिखु तामाकोशी गाउँपालिका अध्यक्षमा कमलप्रसाद कडरीया र उपाध्यक्षमा दिपा पाख्रिन, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्षमा शेरवहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार बनाएको छ ।

स्रोतका अनुसार शनिबारमात्र माओवादी केन्द्र परित्याग गरेका यसु चौलागाईंलगायतका नेताहरूसमेतलाई मिलाएर दोरम्बाको उम्मेदवारी आइतबार अपराह्नसम्म टुंगो लगाउने तयारीमा एमाले छ ।

एमालेले बनाएका उम्मेदवारहरूमा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष यसअघिका निर्वाचित हुन् । यसैगरी उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवार पनि यसअघिको चुनावमा निर्वाचित भएका थिए ।

रामेछाप नगरपालिकामा भने यसअघिको निर्वाचनमा पराजित रोशन पाख्रिनलाई पुनः उम्मेदवार बनाइएको छ । अन्य पालिकामा भने सबै नयाँ अनुहार रहेका छन् । खाँडादेवी गाउँपालिकामा अध्यक्ष प्रेमबहादुर तामाङ आफूले टिकट नपाएपछि एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

यसैबीच जिल्लाका अधिकांश वडाध्यक्षको नाम पनि एमालले टुंगो लगाइसकेको छ । अध्यक्ष श्रेष्ठका अनुसार जिल्लाका ६४ मध्ये अब केहि वडामा मात्र वडाध्यक्षको लागि नाम टुंग्याउन बाँकी छ । रामेछापमा सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com