काठमाडौं । सत्ता गठबन्धनकाे बैठक आज बस्ने भएकाे छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।बैठकले आज स्थानीय तहको निर्वाचनमा तालमेलको टुंगो लगाउने बताइएकाे छ।

चुनावी तालमेलको देशभरको समीक्षाका लागि शनिबार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलको निर्णय आइतबार साँझसम्म गरिसक्ने जनाएको छ।गठबन्धनले यसअघि नै महानगरपालिका र उपमहानगरपालिकामा भने समीकरण गरेर निर्वाचनमा सहभागी बन्ने हेतुले भागवण्डा गरिसकेको छ ।

निर्वाचन आयाेगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ताकाे काम आजबाट सुरु गरेकाे छ।आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउनेछन्।

आयोगले शनिबार पत्रकार सम्मेलन गरी आइतबार र सोमवार १० बजेदेखि साँझ ५ बजेसम्मको समयमा उमेदवारी मनोनयन दर्ता गर्न निर्देशन दिएको हाे।

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com