धनगढी– नेकपा एमालेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि कैलालीका ११ वटा स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ।

आइतबार एमालेको प्रदेश कमिटीले मोहन्याल र चुरे गाउँपालिकाबाहेक सबै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो।

प्रदेश कमिटीका अनुसार टीकापुर नगरपालिकामा श्याम खत्री प्रमुख र अनुपा केसी उपप्रमुख उम्मेदवार बन्ने भएका छन्।यस्तै लम्कीचुहामा महादेव बजगाईँ मेयर, जुना चौधरी उपमयेर, घोडाघोडीमा ममताप्रसाद चौधरी मेयर र करुणा बम उपमेयर, गौरीगङ्गामा पदम सिंगाल मेयर र शान्ति सिंह उपमेयरका उम्मेदवार छनोट भएका छन्।

त्यस्तै गोदावरी नगरपालिकामा गोकर्ण भट्ट मेयर र शारदा रोकाया उपमेयर, भजनी नगरपालिकामा हर्क बुढा मेयर र तुलसी चौधरी उपमेयर, जोशीपुर गाउँपालिकामा केशरबहादुर डगौरा अध्यक्ष र रमादेशी भुल उपाध्यक्ष, कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष र जालुराम चौधरी उपाध्यक्ष र बर्दगोरीया गाउँपालिकामा कर्ण कुँवर अध्यक्ष र इन्दु चौधरीलाई उपाध्यक्षको उम्मेदवार चयन गरिएको छ।धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कलावती रानालाई शनिबार नै छनोट गरिसकिएको छ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com