चितवन । पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

जिल्ला पार्टी कार्यालयमा भएको कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन्। पौडेलले भोलि मनोनयन दर्ता गर्ने बताए।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बन्दै छिन्।

कांग्रेसको जिल्ला समिति भने सबै स्थानीय तहमा वडा सदस्यसम्मै तालमेल गर्नेगरी सक्रिय भएको छ। भरतपुरको मेयर पदमा अहिलेसम्म ९ जना र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता भएको छ।

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com