चितवन । चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । एमालेले भरतपुर महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका एक नेताले बताए । राप्रपाका नेता विक्रम पाण्डेले महानगरमा एमालेसँग तालमेल भएको पुष्टि गरेका छन् । 

‘तालमेल हुने पक्का भयो, उपमेयरसहित केही वडाअध्यक्ष राप्रपाका हुनेछन्’, पाण्डेले ‘ग्लोबल नागरिक’ संग भने । एमालेले तालमेलका लागि हात अघि बढाएपछि राप्रपा उपमेयरसहित वडाअध्यक्षका उम्मेदवार तय गर्न छलफलमा जुटेको छ । नेता पाण्डेले अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालबीच छलफल भइरहेको बताए ।

एमालेले भरतपुरको महानगरमा यसअघि नै प्रदेश सांसद समेत रहेका विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यसअघि माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित भएको भरतपुरमा गठबन्धनका तर्फबाट पुन दाहालले नै टिकट पाएकी छन् । गठबन्धनमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनमोर्चा छन् ।

 

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com