काठमाडौं ।आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा हुने खेल नेपाल र नेदरल्यान्ड्स दुवैका लागि निर्णायक छ । समूह ए बाट सुपर सिक्समा स्थान बनाउन नेपालका लागि आजको खेल फाइनल जस्तै हो ।

नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ । यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

नेपालले नेदरल्यान्ड्सविरुद्ध प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११ः कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

प्रकाशित मिति: ९ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com