काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको दस्तावेज भएको बताएका छन् ।

अध्यक्ष ओलीले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताए । उनले कांग्रेसकाे घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाएका छन्।


अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेन्डा नभएको आरोप लगाएका छन् । उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्नेबारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताएका छन् । अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको र त्याे लाैराे पालिका चुनावबाट सकिने दाबीसमेत बताए ।


अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसले घोषणापत्रमा भित्र गाली पुराण छ । एमालेलाई गाली, धारे हात लगाएर सरापेको छ । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे, हाम्रा खोला खोल्सीहरूमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे भनेर घोषणापत्रमा लेखेको छ। के भएको हाे नेपाली कांग्रेसलाई ? एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो, पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ? एक पटक घोषणा गर्नभन्दा अघि सोध्न मन लागेको छ । घोषणापत्रमा संविधानका राम्रा कुराहरू निकालेर राखेको छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरूले आफू बित्दा कांग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ।’

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com