- सौरभ भण्डारी / विचार
देश हत्या, हिंसा, अन्याय, अत्याचार, भ्रस्टाचार र बलात्कार जस्ता जघन्य अपराधको चंगुलमा फसेको छ। सबै किसिमका अपराध हुनु अगाडि नै वा भैसकेपछी राजनीतिक शक्तिको दुरुपयोग सामान्य बनेको छ। देश टाट पल्टिएको घोषणा मात्रै हुन बाँकी छ। देशलाई सिंगापुर र स्विजरल्याण्ड बनाउने सपना बाँढेर सत्तामा पुगेका प्रचण्ड, देउवा र ओली कलंकका साझेदार बनेका छन।
पंचायतकालमा स्थापित सयौं कलकारखाना कौडिको भाउमा कवाडीमा बेचेर अझै विकास र समृद्धि नारा बाँढनेहरु देश टाट पल्टिनुको मुख्य कारकतत्व हुन। अनि उनिहरुकै समर्थनमा थपडी बजाउदै स्थुतिगान गाउनेहरु जिम्मेवार छन। निजि लगानिमा संचालन भएका बाँकी कलकारखाना पनि दिनहुुँ बन्द हुँदै छन। लगानीको कुनै वातावरण छैन। कृषिमा आधुनिकीकरणको नाममा बिषादी प्रयोग गराएर खेतियोग्य जमिनलाई मरुभूमि बनाइएको छ। पहाडी भेगमा कृषि उत्पादन ठप्प छ। मर्नुभन्दा बहुलाउनु ठिक भने झैं भोकभोकै मर्नुभन्दा विदेश जानू उपयुक्त ठानेर बिदेशीने युवाहरूको संख्या उच्च छ। आधा जनसंख्या विदेशमा छ। बिमानस्थलमा बिदेशिनेहरुको लाइन देख्दा अत्यासलाग्दो छ। गाउँमा मलामी पाउने स्थिती छैन।
छुट्टिमा घर फर्किने बाहेक नेपाल फर्किने नेपाली छैनन। बिदेश नफर्किने गरि दैनिक दर्जनौं फर्किएका छन तर उनिहरुको काठको बाकस भित्र फर्किएका छन। आफ्नो ज्यानलाई हत्केलामा राखेर रुसी सेनामा जानू नेपालीहरुको चाहाना होइन बाध्यता हो। रुसी सेनामा भर्ती भएका सयौं नेपालीले ज्यान गुमाइसकेका छन।
दक्षिण कोरिया नेपालीहरुको रोजगारको भरपर्दो गन्तव्य हो। जहाँ लाखौं नेपालीहरु रोजगारको सिलसिलामा छन। कोरिया जानू र केही कमाएर पारिवारिक स्थिति सुधार्नु नेपाली युवाहरुको सपना झैं बनेको छ। यहि सपना बोकेर वर्षौं लगाएर कोरियन भाषा पढेका लाखौं युवाहरु मध्यका २ युवा सुजन राउत र बिरेन्द्र शाहको सपना मात्रै मरेन उनिहरुको जीवन नै अस्तायो। भविस्य बनाउन हिडेका युवाहरु वर्तमान मा अस्ताए। यो हत्या हो र यसको दोषी राज्य हो।
पिडित मध्यका १८ जना आबेदन दिन पाउनुपर्ने भन्दै अदालत पुगे। अदालतले इपिएस प्रणालीको भाषा परिक्षामा सामेल गराउनु भनेर आदेश दियो। अदालतको आदेशलाई अपब्याख्या गरेर अदालत जाने १८ जनाले मात्रै आबेदन दिन पाउने इपिएस कार्यलयले बतायो। उहीँ र उस्तै प्रकृतिका सबैले आबेदन दिन पाउनुपर्ने बिषयलाई इपिएसले अस्विकार गर्यो। प्रहरीले इपिएस कार्यलय जान बाटोमा रोक्यो। युवाहरूले बिरोध स्वरुप बालकुमारी क्षेत्रमा पर्ने चक्रपथमा नाराबाजी गरे। प्रहरीले दमन गर्यो। युवाहरू आक्रोशित बने। बाटोमा मन्त्रीको गाडी आइरहेको देखे। उनिहरु मन्त्रीलाई रोकेर आफुहरु अन्यायमा परेको बताउन चाहान्थे। मन्त्रीको गाडीलाई रोकेपछि प्रहरीले तिब्र दमन गर्यो। प्रहरी सङ्ग ढुङ्गामुढा हुँदा मन्त्रीको गाडीमा क्षती भैसकेको थियो। यसै क्रममा आक्रोशित केही युवाहरुले गाडिमा आगो लगाए। गाडिमा आगो लागेपछि करिब-करिब प्रहरीले भिड नियन्त्रण गरिसकेको थियो। मन्त्रीको गाडिमा आगजनी भएको समाचार तिब्र गतिमा फैलियो। प्रहरीको असक्षमताले मन्त्रीको गाडीमा आगजनी भएको यथार्थतालाई छाँयामा पार्नको लागि प्रहरीले ताकिताकी गोली हानेर आफ्नो क्षमता देखायो। केही मान्छेहरू इपिएस प्रणालीलाई बन्द गरेर आफू अनुकुल प्रणाली बनाइ नयाँ ढंगबाट युवाहरुलाई कोरिया पठाएर प्रती ब्यक्ति लाखौं रुपैयाँ असुल्ने तरखरमा छन। त्यसमा प्रधानमन्त्री प्रचण्ड निकट सुमार्गी थरका एक ब्यबसायी दौडधुपमा छन। इपिएस प्रणालीलाई बिबादास्पद बनाएर यो प्रणाली रोक्नको लागि बालकुमारी घटना सुनियोजित घटना हो।
२/४ सय मान्छेको भिड नियन्त्रण गर्न टाउकोमा ताकिताकि गोली चलाएर राज्य आतंक मच्चाउनेहरु अघोषित आतंककारी हुन। अघोषित आतंककारीहरुले २/४ हजारको भिड नियन्त्रण गर्नुपर्यो भने अब बम हान्न सक्छन किन भने यो पुर्व आतंककारीले नेतृत्व गरेको सरकार हो। प्रधानमन्त्री पुष्पकमल दाहाल बन्न सकेनन। प्रधानमन्त्री प्रचण्ड बनेका छन। प्रचण्ड आतंकवादको पर्यावाची हुन किन भने मान्छे मार्नु र मराउनु उनको लागि सामान्य बिषय बनेको छ। प्रचण्ड त्यही नाम हो जसको आतंकले हजारौंको ज्यान गयो। हजारौं अंगभंग भए। हजारौं बिस्थापित भए। देश विकास र समृद्धिको बाटोमा पचासौं वर्ष पछाडी धकेलियो। १७ हजार मान्छेको सिकार गरेर आएका यिनिहरुको लागि २/५ हजार मान्छेको सिकार गर्नु सामान्य हो। यिनिहरुलाई देश र जनताको अलिकति पनि माया छैन। ०६२/०६३ मा देशभर लाखौं जनता लहैलहै उक्साहट र त्रासमा सडकमा आउँदा १८ जनाको मृत्यु भएको घटनालाई यिनै आतंककारीहरुले तत्कालीन श्री ५ को सरकारले बर्बर दमन गरेको भ्रम अझै पनि छरीरहेका छन। तत्कालीन गृहमन्त्री कमल थापाले अत्यन्तै संयमित ढंगबाट गृहमन्त्रीको जिम्मेवारी निर्वाह गरेको भान हुन्छ। गणतान्त्रिक सरकारका गृहमन्त्रीहरु भन्दा कमल थापा निकै अब्बल देखिन्छन। निस्पक्ष छानबिन गर्ने हो भने १८ जना मध्य अधिकांश हिंसा भडकाउन माओवादीले हत्या गरेको पुष्टि हुनसक्छ। गणतन्त्र पछि गौर टिकापुर राजबिराज लगायत स्थानहरूमा सामान्य आन्दोलनमा दर्जनौं हत्या भएका छन। अहिले सामान्य २/४ सयको आन्दोलनमा सिधै टाउकोमा ताकेर गोलीको वर्षा गराउदैछ। राजाको पालामा बोल्न पाईदैन थियो भनेर भ्रम छर्दै सत्तामा पुगेकाहरुले नै नेतृत्व गरेको सरकारले राजाको पालामा भन्दा दशौं गुणा धेरै निरंकुशता लादिरहेको छ। जनताको आवाज पीडा र भावनालाई कुण्ठित गराइरहेको छ। राजनीतिक दल दलालहरुको संगठन बनेका छन। नेताहरु दलालहरुको नाइके बनिरहेका छन। अनि हामी नेपाली जनता वर्षौं देखि विकास समृद्धि र सुशासनको सपना चुनाबमा एक बोत्तल बियर र एकछाक मासुभातमा साटिरहेका छौं। त्यसैले अब बिगतको गल्तिलाई सुधारनुपर्छ। देश जोगाउने र नागरिक बचाउने हो भने दलिय स्वार्थ भन्दा माथी उठन सक्नुपर्छ।बिदेशीले बोकाइदिएको गणतन्त्रको भारी बिसाउनुपर्छ। बन्दुकको नालले ल्याएको यो ब्यबस्था बन्दुकको नालले जोगाउन सक्दैन।
जय देश ! जय नेपाल
सौरभ भण्डारी वीर गोर्खाली अभियानका प्रमुख अभियन्ता हुन्।
प्रकाशित मिति: १४ पुस २०८०, शनिबार
प्रतिक्रिया