काठमाडौं । गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको बताएकी छिन्।

केही दिन यता सञ्चारमाध्यममा उनको प्रेमसम्बन्ध वियोगमा परिणत भएको समाचारआएपछि उनले सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छिन्।

उनले एक स्टाटस लेख्दै आफ्नाबारे आएका समाचारबारे भनेकी छिन्, ‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?के कसैलाई मैले बनाउन लगाएको हो ?’

उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधि आफ्नो इच्छाबिना समाचार बनाएको प्रति रोष प्रकट गरिन्।

उनले आफ्नाबारे समाचार लेख्नुभन्दा समाजका बारेमा संचारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले तेता तर्फ ध्यान दिन आग्रह गरेकी छिन्।

यस्तो छ उनको स्टाटस:

नमस्कार
अझै कोहि छुट्नु भएको छ मेरो समाचार बनाउन कि सबैले खोजि पत्रकारीताको बिट मारी सक्नु भयो ?
म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु तरपनि मेरो व्यक्तिगत जिवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसंग मात्र छ । थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा संचारकर्मीहरुले मेरो ईच्छा बिना अथवा सहि समयको पर्खाई बिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पिडा दिनु भएन ।

के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?
के कसैलाई मैले बनाउन लगाएको हो ?

कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधि मेरो ईच्छा बिना समाचार बनाउँछन् । कोहि मैले देशलाईनै घत पुय्राउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् । र फेरी त्यहि समाचार अनुसार मेरा पुराना टिकटमा रुएर अपलोड गरेका गितहरुको भिडियो प्रयोग गरेर भिडियो समाचार बनाउँछन् । मानौ मेरो पिडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन मानौ मेरो स्थिति दर्शाउन खोजेका हुन । थोरै लाज सरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरुसंग । मानवता र संवेदनशिल्ता त राख्नु पर्छ, हैन र ? बिछोड धोका जस्ता शब्दहरु भनेकै पिडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालिले थाहा पाउनु पर्छ र रमाउनु पर्छ ।

म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरुले सोचीदिनु भएको भए हुने । मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरुले खोजि पत्रकारीता गरेर समय बर्वाद गर्नु पर्थेन । थाहा छ हजुरको यो पत्रकारीताको धर्मले मलाई कति असर गरेको छ ? अनुमान लगाउन सक्नु हुन्छ यस्ले मेरो मानसपटमा कति हानि पुय्राएको छ ?

के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर ? न देशले केहि पायो न केहि गुमायो सिवाय हजुरहरुको सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट ।

हजुरहरुको खोजि पत्रकारीताले मैले भोगेका दुःख, पिडा, अपमान किन देख्दैन ? थाहा छ कलाकारहरुले हरेक पाईलामा कति अपमान सहजु परेको हुन्छ ? अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ति जा भनियो नत्र उहाँहरुले चाहे सम्म गाएको गाएकै गर्न निर्देश गरीयो, हाम्रै संगीत क्षेत्रको अभिभावकले ।

त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दर्वेवहार गर्ने खोज्यो र मैले त्यस्को तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ति हैन र ? यस्ता कुरामा सजक हुने पर्ने हैन र ?

अरुपनि धेरै छन् जस्मा संचारकर्मीहरुले सानो कलम चलाईदिँदा सभ्य समाजको निर्माण हुन सक्छ । जस्ले गर्दा कालाकार देशको गहना हो भनेझै सहि सम्मान पाउन सक्छन् ।

अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझै सम्बन्ध भएका संचारकर्मीहरुलेपनि मलाई यसरी मानसिक पिडा दिन केहि कसुर छाड्नु भएन । जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पिडा किन नपुर्याओस ।

सारंसमा भन्न चाहान्छु, म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो, खेद प्रकट छ ।
धन्यवाद

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com