काठमाडौँ । गायिका बेनिशा पौडेलले पोखरामा सांगीतिक प्रस्तुतती दिने भएकी छन् । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर बेनिशाले फाल्गुन २ गते पोखराको लेकसाईडमा रहेको ‘होटल शारा’मा प्रस्तुती दिने भएकी हुन्।

गायिका बेनिशासँगै गायक रोहित शाक्य र लाइभ ब्याण्डको पनि प्रस्तुती रहनेछ । प्रणय दिवसको अवसरमा होटल शाराले सांगीतिक साँझको आयोजना गरेको हो।

कार्यक्रम फाल्गुन २ गते साँझ ६ बजेदेखि राति साढे १० बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com