काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आजको माग राजा नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था भएको बताएका छन्।

सामाजिक सञ्जलामा लेख्दै उनले राजा ल्याउने परिवर्तन नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिबाट आएका मन्त्रिमण्डल बनाउने भएको बताएका हुन्। उनले उक्त मन्त्रिमण्डललाई ५ वर्ष देश चलाउन दिने व्यवस्था समेत रहेको माग गरे।

साथै यसो भएमा आफूले पनि उम्मेदवारी दिने मेयर साम्पाङले उल्लेख गरे।

उनले भने, ‘राजा ल्याउने परिवर्तन होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिले जो जस्लाई लिन चाहन्छ ती व्यक्तिहरूलाई लिएर मन्त्रिमण्डल बनाएर चुपो लागेर ५ वर्ष देश चलाउन दिने व्यवस्था गरौँ! आजको माग यो हो, राजा होइन! म पनि उम्मेदवारी दिनेछु!’

प्रकाशित मिति: २० चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This