काठमाडौँ । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले पार्टीले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमाथि प्रहरी बल प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । शाहीले बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्रीको कदमप्रति कडा आपत्ति जनाएका हुन् ।

‘अमेरिका बसेर आएका गृहमन्त्रीलाई रविलाई ह्वाइट हाउस अगाडि प्रदर्शन गर्न पाइन्छ कि पाइँदैन ? निषेधाज्ञा कहाँ गर्ने भनेर थाह छ कि छैन ?’, सदनमा आक्रोशित हुँदै उनले भने, ‘जब मान्छे सकिने बेला आफ्नो घरमा आगो लगाउँछ । हिजो काँध थाप्नेलाई तपाईँले आज पिट्नुभएको छ । गृहमन्त्रीको कदमको घोर भर्त्सना गर्छु ।’

 

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com