र्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा चर्चा भइरहने एक परिचीत नाम हो बिनोद चौधरी…. । उनी बि.सं २०६९ साल देखि बिश्वका डलर अर्बपतिको सुचीमा स्थान बनाउन सफल एक मात्र नेपाली उद्योगपति हुन। निर्वाचित संघीय सांसद तथा नेपालको एक सफल व्यावसायिक घराना चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीको आरोह र अवरोहका गाथा निकै चाखलाग्दो छ। पारिवारिक कपडा ब्यापारबाट माथी उठेर जब उनले बि.सं २०४१ सालमा चाउचाउ उद्योगको सुरुवात गरे त्यसपछि उनको उत्पादन वाईवाईले नेपालमा चाउचाउ संस्कृतिको विकास गर्यो। विश्वका ४० भन्दा धेरै देशमा नेपाली ब्राण्डको रुपमा परिचित वाईवाई नेपालमा चाउचाउको पर्यावाची शब्द बनेको छ। अहिले दुई दर्जन स्वादमा प्रत्येक दिन १५ लाख प्याकेटभन्दा बढी उत्पादन भइरहेको वाईवाई बारे यतिबेला सामाजिक संजालमा विभिन्न टिकाटिप्पणिहरु भइरहेका छन्। केहिदिन अघि वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएको भन्दै काठमाण्डौं महानगरपालिकाले चौधरी ग्रूपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको बतायो। सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ ओसिएर ढुँसी परेको अबस्थामा महानगरले जफत गर्‍यो।

गोदाममा लामोसमय राख्दा बाफिएर चाउचाउ ओसिने गर्छ र ढुँसी आउने गर्छ। उक्त ढुँसी आइसकेको चाउचाउ स्वास्थको लागि भने उपयुक्त किमार्थ हुँदैन। यसको अर्थ उक्त ढुँसी लागेको चाउचाउ खान हुँदैन र खान योग्य छैन । तर आत्मरतिमा रमाउने हामी नेपालीहरुको स्वभावको कारण यति छिटो प्रतिक्रिया जनाउछौं कि जुन वास्तविकताको धरातलमा पुग्नै खोज्दैनौं। ओसिदा ढुँसीको कारण चाउचाउको गुणस्तर भने अवस्य घट्छ। सोही कारण देखाउँदै काठमाण्डौं महानगरपालिकाले जरीवाना तिराएको थियो। यसको अर्थ चाउचाउको उत्पादनमा होइन भण्डारणमा त्रुटि भएको देखिन्छ। तर क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने भन्दै केही ब्यक्तिहरुले नियोजित रुपमा सामाजिक संजालहरुमा छरेको भ्रमको पछि लागेर वास्तविकता नबुझी त्यही भ्रमलाई धेरैले सेयर गरिरहेका छन्। उक्त बिषय अहिले देशैभर फैलिएको डढेलो झैं सामाजिक संजालमा फैलिरहेको छ। क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने कुरा महानगरपालिकाले कतै उल्लेख गरेको छैन।

चौधरी समूह (सिजी ग्रुप) का अध्यक्ष बिनोद चौधरी सफल उद्योगी मात्रै होइनन सफल राजनितिज्ञ पनि हुन। पंचायतकाल देखि नै राजनीतिमा सकृय उनी हाल पश्चिम् नवलपरासी बाट निर्वाचित संघीय सांसद समेत हुन। सत्ता केन्द्रित राजनीतिक प्रतिसोधको भुङ्रोमा बिनोद चौधरी मात्रै होइन सिङ्गो चौधरी परिवार नै पिल्सिएको छ। राजनीति र ब्यबसाय नितान्त फरक बिषय हो तर यहाँ राजनीतिलाई ब्यबसाय बनाउनेहरुले बिनोद चौधरी जस्ता सफल ब्यबसायीलाई राजनीतिमा रोक्नको लागि कुनै न कुनै बाहानामा नियोजित र संगठित रुपमा बदनाम गराउन लागिपरिरहेका छन्। पछिल्लो समय वाईवाई चाउचाउ उत्पादक कम्पनी सिजी फुड्सले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने घोषणा गरेपछि चौधरी ग्रुपको विरुद्ध लाग्ने संगठित समुहको संख्या अझ बढेको देखिन्छ। व्यावसायिक र राजनीतिक क्षेत्रमा मात्रै होइन चौधरी ग्रुप सामाजिक क्षेत्रमा पनि निकै सकृय छ। सामाजिक सेवा सिजि फाउन्डेसनबाट हुने गरेको छ। फाउन्डेसनले २०७२ सालमा भुकम्पबाट बिक्षिप्त भुकम्प पीडितहरुलाई १७ सय भन्दा धेरै आवास तथा ३० भन्दा धेरै बिद्यालयको पुनर्निर्माण गरेको थियो। हरेक प्राकृतिक बिपत्तिमा नागरिकका पिडामा मल्हम लगाउन तत्पर चौधरी समूहले चर्चाको लागि मिडियाबाजी गरेको देखिदैन। चौधरी समूहबाट राहतको लागि भनेर लगेको चाउचाउको एउटा पोकालाई ५० पटक फोटो खिचेर सामाजिक संजालमा राखेर आफुलाई सामाजिक अभियन्ताको दर्जा बनाउनेहरु नै अहिले लहैलहैमा वाईवाईको विरुद्ध विष बमन गरिरहेका देखिन्छन्। भुकम्पको बेला महिनौं त्यही चाउचाउ खाएर पुनर्जीवन पाएका सर्वसाधारणहरु त्यही भ्रमलाई सेयर गरिरहेका छन। चौधरी ग्रुपलाई बदनाम गरेर समृद्धिको सपना साकार हुँदैन। धन्यवाद !

  • सामाजिक अभियन्ता सौरभ भण्डारी समसामयिक राजनितीक विषयमा कलम चलाउँछन्।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com