काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दै छ।

डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि टि–२० विश्वकप फर्किएको छ।

यी दुई टोलीबिच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

सन् २०२१ को कुरा गर्ने हो भने दुई टोलीबिच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दै छन्।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com