कास्की । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आदेश लेखन कार्य जारी छ। बिहीबार सरकारी वकिलतर्फको जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीहरूलाई बोल्न समय दिएका थिए।
अदालत प्रशासनका अनुसार बहसपछिको प्रक्रियाअनुसार आदेश लेखन भइरहेको छ। अदालतले आरोपितहरूलाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने विषयमा आदेश जारी गर्ने तयारीमा छ।
यस क्रममा अदालत परिसरबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार
प्रतिक्रिया