काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तरसहित अग्रता लिइरहेका छन् । तर पछिल्लो मतपरिणाम अनुसार उनको अग्रता घटेको छ। उनको मत ११ हजारभन्दा माथि पुगेको छ । अहिलेको मतपरिणाम अनुसार शाहले ११ हजार ७९२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार ४७६ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार ६७४ मत पाएकी छन्।

पछिल्लो समय बालेनले निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितसँग ५ हजार ३१६ र कांग्रेसकी सिर्जना सिंहसँग ६ हजार ११८ मतको अग्रता लिइरहेका छन् ।यसअघिको राउण्डको तुलनामा भने यसपटन उनको अग्रता घटेको छ । अघिल्लो राउण्डमा बालेनले एमालेका केशव स्थापितसँग ५ हजार ३७३ र कांग्रेसकी सिर्जना सिंहसँग ६ हजार १४६ मतको अग्रता लिइरहेका थिए। अहिले डिल्लीबजारका विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेका मतपत्रहरुको गणना भइरहेको छ। जसमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई पछि पारेकी छन् तर समग्र मतपरिणाम अनुसार भने बालेन पहिलो शिर्ष स्थानमा छन्।   

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com