काठमाडौं । नेपाल कानून व्यवसायी परिषदको आगामी निर्वाचनमा बागमति प्रदेश पार्षदका लागि उम्मेदवार रहेका बरिष्ठ अधिवक्ता रवि नारायण खनालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् ।
माघ २६ मा हुने निर्वाचनमा परिषद पार्षदको उम्मेदवारी दर्ता गराएर मतदातासँग पुगेका खनालले आफ्नो प्रतिवद्धताहरु सार्वजनीक गरेका हुन् ।
कानून व्यवसायि परिषदलाई थप शसक्त र गतिशिल बनाउँदै नवप्रवेशी र पुराना कानून व्यवसायिहरुको पेशागत सशक्तिकरणमा विशेष काम गर्न उनले निम्न प्रतिवद्धता जाहेर गरेका छन् ।
काउन्सिलमा सात प्रदेशबाट एक-एक जना पार्षद निर्वाचित हुने व्यवस्था छ । बागमति प्रदेशबाट सोही पदका लागि वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील तथा समावेशि कानून व्यवसायीहरुको सहयोगमा उम्मेदवारी दिएका हुन् ।
नेपाल कानून व्यवसायी परिषदको निर्वाचनमा यसपटक बागमति प्रदेशबाट मात्रै ८ हजार ८ सय १८ मतदाता कानून व्यवसायीहरु सहभागि रहेको परिषदले जनाएको छ ।
कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानुन व्यवसायीहरूको अनुगमनदेखि उनीहरूको क्षमता विस्तारसम्म काम गर्दछ । महान्यायाधिवक्ता अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसिएसनको निर्वाचित अध्यक्ष हुन्छन् । सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छ । यसअघि बागमती प्रदेशको पार्षद्को रूपमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १७ माघ २०८१, बिहिबार
प्रतिक्रिया