काठमाडौं । लोकप्रिय कवि एसडी ढकालको ‘दोधार’ कविता संग्रह भित्रको एउटा सिर्जना “आँशु लुकाऊँ कसरी” बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गितमा नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारको सुमधुर स्वर रहेको छ ।

गीतको शब्द रचना तथा कन्सेप्ट कवि एसडी ढकालको नै रहेको छ भने संगीत संयोजन कर्ण संञ्यालले गरेका हुन् । केशव बडुको एरेन्ज रहेको यस गीतको छायांकन तथा निर्देशन देव राज आचार्यले गरेका छन् ।

भिडियोमा मोडल डा. ढकाल र मिस टिन युनिभर्स नेपाल, २०२१ श्रीयंका थापा (कवि सिन्दूरको रूपमा) को अभिनय रहेको छ । साथै बाल कलाकार अध्यात्मिक ढकाल र अन्य कलाकार कर्ण सञ्ज्याल, निर्मला ढकाल आदिको पनि अभिनय रहेको छ ।

गीतको भिडियो सम्पादन हिम्मत सिंह चैसिरले गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई “Dr. Eng. Shanker Dhakal” नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडिओ: 

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com