काठमाडौं – ‘संसार सारा’ गित सार्वजनिक भएको छ। गीतमा गीतकार प्रमोद भण्डारीको उत्कृष्ट शब्द रहेको छ भने रोजिना बस्नेत र दिनेश भुजेलले स्वर दिएका छन्।

सङ्गीतकार नवीन कार्कीको सङ्गीत संयोजनमा तयार पारिएको यस गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्। साथै, गीतलाई थप उत्कृष्ट बनाउन रन्जन राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

सुष्मा श्रेष्ठ र दिनेश भुजेलको अभिनय रहेको भिडिओको निर्देशन ख्यातिप्राप्त निर्देशक बिक्रम चौहानले गरेका छन्। भिडियोमा प्रेम, भावनात्मक सम्पर्क र जीवनका विविध पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ।

सङ्गीतप्रेमीहरूको मन जित्ने अपेक्षासहित सार्वजनिक गरिएको ‘संसार सारा’ गितले प्रेम र जीवनको संवेदनशील भावलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको यस गीतलाई श्रोता तथा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

भिडिओ:

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com