काठमाडौं। दोस्रो टी २० खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७० रन बनाएको हो। नेपालका कुशल भूर्तेलले अविजित ९२ र करण केसीले अविजित ६ रन बनाए। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनको योगदान गरे।

कुशलले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेर अर्धशतक पूरा गरे। नेपालको लागि यो उनको नवौं अर्धशतक हो।

यस्तै, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहित कुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रन बनाए। अमेरिकाका लागि भने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १-१ विकेट लिए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com