काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन।

त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com