काठमाडौं । सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ ।

पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।

तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ ।

त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com