३ वैशाख, धनगढी । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जानकारी दिए ।

‘हामीले आज बिहान सडेको अवस्थामा स्थानीय कमला साउदको घर आगनबाट मृतकको शव बरामद गरेका छौँ,’ शाहले अनलाइनखबरसँग भने, ‘घटना शंकास्पद भएकाले ७ जना मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

शाहका अनुसार पक्राउ पर्नेमा दुई जना धामी झाक्रीसहित ७ जना स्थानीय रहेका छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ बस्ने धामीझाक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com