काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ।
आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार
प्रतिक्रिया