काठमाडौँ । दोर्दीखोला जलविद्युत आयोजना कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।

कम्पनीले कुल २० लाख १९ हजार ८६९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाएको हो । यसअघि आयोजना प्रभावितका लागि छुट्याइएकोमध्ये बिक्री नभएको २ लाख ९७ हजार ८४० कित्तासमेत थप गरी निष्कासन गर्न लागेको हो।

न्यूनतम १० र अधिकतम १७ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओमा जेड ३१ गतेसम्म आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको बैङ्क शाखा वा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । इक्राले एएए देखि डीसम्म रेटिङ दिँदै आएको छ । बीबी माइनसले कम्पनी मध्यम स्तरको जनाउँछ।

कम्पनीले लमजुङ जिल्लामा बग्ने दोर्दीखोलामा १२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत २ अर्ब ६९ करोडको अनुमान छ । प्रतिमेगावाट लागत २२ करोड ४५ लाख लाग्ने अनुमान छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ छ।

आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४२ पैसा पुग्ने अनुमान छ । आयोजना ९८ प्रतिशत बढी सम्पन्न भइसकेको दाबी गरिएको छ । आयोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको कीर्तिपुर सब स्टेसनमा जोडिनेछ।

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com