काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उपत्यका प्रदेश कमिटीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ।

आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्षको तयारी गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन्।

उनले मुलुकको समसामयिक राजनीति र पछिल्ला घटनाक्रमको समीक्षा गर्दै गणतन्त्रको पक्षमा रहेका सबै दलसँग भेटघाट, छलफल र समन्वय गर्न बैठकले पार्टी केन्द्रलाई आग्रह गरेको बताए।

देशको राजनीतिक अवस्था संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै बैठकले प्रतिगामी क्रियाकलाप रोक्न समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने आमसभामा अधिकतम जनसहभागिता जुटाउने निर्णय भएको पनि उनले जानकारी गराएका छन्। –रासस

प्रकाशित मिति: ८ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com