काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्न अयोग्य भन्दै राप्रपा अध्यक्ष बन्न सुझाव दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्।
शाहीले देउवालाई बीपी कोइरालाको सिद्धान्त बेचेर राजनीतिक लाभ लिएको आरोप लगाउँदै भने, “माननीय पूर्वप्रधानमन्त्री देउवाज्यू, तपाईँ त बीपीको सिद्धान्त मान्दै हुर्किएको कांग्रेसको सभापति हुनुहुन्छ, तर अब त्यो सिद्धान्त बेचेर खान थाल्नुभएको रहेछ !”
शाहीले देउवालाई व्यंग्य गर्दै भने, “यदि राजालाई राप्रपाको अध्यक्ष हुन सुझाउनुहुन्छ भने, के तपाईँ पनि तीन पटक प्रधानमन्त्री राप्रपाकै सभापतिसँग सपथ खाएर बन्नुभएको हो ?”
त्यसैगरी, उनले नेपाली उखान उल्लेख गर्दै चेतावनी दिए, “जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ।” साथै, देउवालाई कांग्रेसभित्रै राजसंस्थाबारे चुनाव गराउने हिम्मत छ कि छैन भन्ने प्रश्न गर्दै थपे, “सभापतिज्यू, कांग्रेसको आधिकारिक धारणा के हो भनेर जनता सामु स्पष्ट पार्न चुनाव गराउन सक्नुहुन्छ ?”
शाहीको कडा जवाफसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरू भएको छ।
प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार
प्रतिक्रिया