काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० ले घटेको छ ।
गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी तोलामा १५ ले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ।
प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार
प्रतिक्रिया