जनकपुरधाम । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र अब केवल इतिहासको पानामा सीमित भइसकेको बताउँदै यसको पुनरावृत्तिको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरधाम पुगेका भट्टराईले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुलुकले अब लोकतान्त्रिक मूल्य र व्यवस्थालाई मजबुत बनाउनुपर्नेमा जोड दिए।

उनले भने, “लोकतन्त्रलाई संस्थागत गर्न सबै एकताबद्ध हुनु जरुरी छ। राजतन्त्र अब भूत भइसकेको छ, यो केवल भ्रम मात्र हो। यस्तो भ्रम पाल्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविकतासँग कुनै सम्बन्ध हुँदैन।”

डा. भट्टराईले इतिहासलाई फर्काएर हेर्दा राजतन्त्र र राणा शासनको समयमा झन् बढी भ्रष्टाचार भएको आरोप लगाए। उनले भने, “आज हामीले देखेको भ्रष्टाचारको तीन गुणा बढी राजा र राणाहरूको पालामा हुन्थ्यो। अहिले सुधारको प्रयास गर्नुपर्छ, न कि इतिहासको भूतलाई फिर्ता ल्याउने सपना देख्न।”

 

प्रकाशित मिति: ८ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com