काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई टिआरसी सगँ कुलमानलाई साटेको आरोप लगाएका छन् ।
सोमबार साझ बसेको मन्त्रीपरीषद बैठकले नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसगै उनले यस्तो लेखेका हुन् ।
उनले भनेका छन् – “कमरेड प्रचण्ड सार्है नै बाठो छ्न । टिआरसी सगँ कुलमान पो साटेछन। आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ। बधाई छ कमरेड प्रचण्ड “
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार
प्रतिक्रिया