काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मौन तर प्रतीकात्मक विरोध जनाएका छन्।
लामो समयपछि फेसबुक लाइभ आएका लामिछानेले कुनै पनि शब्द नबोली आफ्नो असन्तुष्टि प्रकट गरे। उनले कोठाको बत्ती निभाएर मैनबत्ती बाल्दै केही समय मौन बसे।
लामिछानेले कुनै टिप्पणी नगरे पनि उनको सन्देश भने स्पष्ट छ।
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार
प्रतिक्रिया