काठमाडौं । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ।

सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो।

घिसिङ २०७८ साउन २५ गते दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए।

चार वर्षीय उनको कार्यकाल आउँदो साउन २४ गते सकिँदै थियो। तर, सरकारले कार्यकाल सकिनु चार महिना मात्रै बाँकी छँदा हटाएको हो।

घिसिङ डेडिकेटेड र ट्रंकलाइनका कारण विवादमा थिए। यसअघि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई कारबाही गर्नका लागि प्रस्ताव मन्त्रिपरिषद पुर्‍याएका थिए। यसपछि सरकारले हटाएको हो।

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com