काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको बताएका छन्। उनले घिसिङले ऊर्जा क्षेत्रमा उल्लेखनीय सुधार गरेका कारण उनलाई पूरा कार्यकालसम्म जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरे।

दाङको घोराहीमा रिपोर्टर्स क्लब नेपाल दाङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भने, म प्रधानमन्त्री भएको भए कुलमानलाई चार महिनाको अवधि पूरा गरेपछि मात्र बिदाइ गर्ने थिएँ। अहिल्यै हटाउनु उचित होइन।”

उनले राज्यका अर्धस्वायत्त निकायहरूमा राजनीतिक हस्तक्षेप हुनु अनुचित भएको बताउँदै, पहिले यो संस्कार हटाउन पहल भए पनि पछिल्लो समय पुनः विग्रिएको उल्लेख गरे। आफ्नो नेतृत्वमा सरकार हुँदा यस्ता संस्थाहरूको व्यवस्थापनका लागि निर्देशन बोर्ड गठन गरिएको स्मरण गर्दै उनले विधिसम्मत सुधार आवश्यक रहेको बताए।

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com