काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई हटाएर अझ योग्य व्यक्ति नियुक्त गरिएको बताएका छन्।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले सो धारणा व्यक्त गरेका हुन्। सञ्चारकर्मीले “कुलमानलाई हटाएपछि जनस्तरमा असन्तोष देखिएको छ” भन्ने प्रश्न राख्दा उनले सहज रूपमा उत्तर दिए, “मलाई त त्यस्तो लाग्दैन। उहाँभन्दा योग्य व्यक्ति नियुक्त गरेका छौँ।”
तर, थप प्रश्नहरूको उनले कुनै स्पष्ट प्रतिक्रिया दिएनन्। बरु, सञ्चारकर्मीको जिज्ञासालाई हाँसेर टार्ने प्रयास गरे।
प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार
प्रतिक्रिया