काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले संघर्ष गरेर प्राप्त गरेको अधिकार कसैले खोस्न नसक्ने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा संघसँग प्रतिगामी शक्तिहरूको सामना गर्ने अठोट र सामर्थ्य दुवै रहेको स्पष्ट पारे।

“हामीले लडेर ल्याएको अधिकार खोस्ने सामर्थ्य कसैसँग छैन। यो सत्यलाई युवाहरूले अझ प्रस्टसँग बोल्न सक्छन्। यदि कसैले देशलाई अप्ठ्यारोमा पार्न खोज्यो भने युवा सङ्घ बाघले झम्टिएझैँ झम्टिन्छ,” प्रधानमन्त्री ओलीले दृढ स्वरमा भने।

स्वयंसेवक अभियानको प्रशंसा गर्दै उनले यसलाई व्यवस्थित, मर्यादित र प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने उल्लेख गरे। “पहिलाको युथ फोर्स जस्तै, यो पनि निसस्त्र तर स्थायी टोली होस्। कुनै प्रतिगामी शक्ति देशविरुद्ध खडा भए वा विकासविरोधी तत्वहरूले अवरोध खडा गरे, तिनको डटेर प्रतिवाद गर्नुपर्छ,” उनले थपे।

प्रधानमन्त्री ओलीले हालै सरकारले लिएको प्रशासनिक निर्णयहरूप्रति देखिएको असन्तोषप्रति कटाक्ष गर्दै भने, “सरकारले एक जना कर्मचारी हटाउँदा केही मानिसहरू छाति पिटेर रुन थालेका छन्। यस्ता कुरामा प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ दिनु आवश्यक छैन।”

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com