काठमाडौं । सरकारले तीनकुनेमा आज राजावादीहरूले गरेको प्रदर्शनलाई अराजकतापूर्ण भन्दै यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाह र व्यवसायी दुर्गा प्रसाईंलाई मुख्य जिम्मेवार ठहर गरेको छ।

गृहमन्त्री रमेश लेखकले पूर्वराजा शाहले प्रदर्शन गर्न निर्देशन दिएको र विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले अराजकता फैलाउन भूमिका खेलेको आरोप लगाए। उनले भने, “शान्तिपूर्ण प्रदर्शन भनेको यस्तो हुन्छ? सार्वजनिक सम्पत्तिमा आक्रमण, तोडफोड र आगजनी गर्न पाइँदैन। जसले यो प्रदर्शनको योजना बनायो र निर्देशन दियो, उनीहरू नै प्रमुख दोषी हुन्। कानूनअनुसार कडा कारबाही गरिनेछ।”

सरकारले प्रदर्शनको क्रममा भएको क्षति र हिंसात्मक गतिविधिका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com