काठमाडौं – राजधानीको तीनकुनेस्थित एक भवनमा भएको आगजनीका कारण एक पत्रकारको जिउँदै जलेर मृत्यु भएको छ।

राजावादी समूहले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोप लगाउँदै उक्त भवनमा आगो लगाएको थियो। सोही आगलागीमा परेर एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेराम्यान सुरेश रजकको मृत्यु भएको खुलेको छ। यद्यपि, प्रहरीले औपचारिक रूपमा उनको विस्तृत विवरण खुलाउन बाँकी रहेको छ।

आगलागीपछि उद्धार टोलीले सो भवनभित्र जलेको अवस्थामा एक शव फेला पारेको थियो, जुन पछि रजकको भएको पुष्टि भयो। उनको शव अत्यधिक जलेको हुँदा पहिचान गर्न गाह्रो भएको प्रहरी स्रोतले जनाएको छ।

उक्त भवनमा आगजनी हुनु अघि प्रदर्शनकारीहरूले ढुंगामुढा गरी सबै सिसा फुटाइदिएका थिए। प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि आक्रोशित भीडले भवनमा आगो लगाएको थियो।

हाल घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गर्दै मुचुल्का उठाइरहेको छ।

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com