काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा शुक्रबार बेलुकी आगजनी भएको छ।

संसदमा दिनभरको काम सकेर बेलुका भक्तपुरस्थित आफ्नो निवास फर्किरहेका परियार वैकल्पिक मार्ग हुँदै गन्तव्यतर्फ जाँदै थिए। तर, बालकुमारीस्थित सिसिआरसी कलेज नजिकै पुगेपछि राजावादी प्रदर्शनमा संलग्न समूहले उनको गाडी रोक्यो।

प्रदर्शनकारीहरूले परियारलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाइदिएका थिए। सांसद परियार चढेको उक्त गाडी १३८२ नम्बरको थियो।

यो घटनापछि सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए। यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com