काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राजसंस्थावादी आन्दोलनमाथि सरकारको षड्यन्त्र भएको आरोप लगाएका छन्।

एक टेलिभिजन अन्तरवार्तामा बोल्दै उनले तीनकुनेमा भएको घटनाबारे खुलासा गरेका छन्। डा. लोहनीका अनुसार, उनीहरू शान्तिपूर्ण सभा गर्दै सांस्कृतिक कार्यक्रमको तयारीमै थिए, तर त्यसैबीच सुरक्षाकर्मीले टियर ग्याँस प्रहार गरे।

“म सभामा सम्बोधन गर्न मञ्चमा उक्लिरहेको थिएँ, अचानक टियर ग्याँस खस्यो, त्यो पनि सिधै मेरो खुट्टामै। म जीवनमा पहिलो पटक टियर ग्याँसको अनुभव गरिरहेको थिएँ,” लोहनीले भने।

उनले घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए। “सरकारको नेतृत्व गर्ने व्यक्ति भएकाले यसको जिम्मेवारी खड्गप्रसाद ओलीजीले लिनुपर्छ,” लोहनीको भनाइ छ।

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com