काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षकमा ८ वटा पत्र काट्दै जरिवाना तोकेको छ । हिजो (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनकोमा महानगरले उक्त पत्र काटेको हो ।
महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनअन्तर्गत १ लाख, रूख विरुवा रेलिङ तोडफोड गरेवापत ४० हजार, तीनकुनेको आइल्याण्डमा तोडफोड गरेवापत २३ हजार, फोहोर मैला गरी वातावारण प्रदुषण गरेवापत १ लाख, ढुङ्गामुडा गरी दमकल फुटाएवापत १ लाख ३० हजार गरी विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना काटेको छ ।
राजावादी समूहको हिंसात्मक प्रदर्शनको क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो । प्रदर्शनकारीले विभिन्न ठाउँमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५३, सशस्त्र प्रहरीतर्फ २२ र ३५ जना प्रदर्शनकारी घाइते भएका थिए ।
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया